+
+
Shares

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

शीतगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:५८

५ जेठ, अर्घाखाँची । शीतगंगा नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल तथा विद्युतीय उपकरण चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–७ का २७ वर्षीय विशाल जिएम र सन्धिखर्क नगरपालिका–२ इन्द्रेणीटोल बस्ने २६ वर्षीय मनिस केसी रहेको प्रहरीले जनाएको छ ।

वैशाख ३१ गते रातिको समयमा शीतगंगा नगरपालिका–४ अमराई बजारस्थित कृषि विकास बैंक रहेको घरको बरन्डामा पार्किङ गरी राखिएको एक एभेन्जर मोटरसाइकल र शीतगंगा सटिङ्ग सुटिङ्ग तथा टेलरिङ सेन्टरअगाडि पार्किङ गरिएको पल्सर मोटरसाइकल चोरी भएको थियो । यस्तै शीतगंगा–१२ हिलेखोलास्थित वर्ल्ड स्टार होटलबाट ईभी गाडी चार्ज गर्ने एडप्टर बक्स पनि चोरी भएको थियो ।

तीनै चोरीका घटनामा संलग्न भएको आरोपमा जिएम र केसी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?