News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक नीर शाहको आगामी फिल्म 'कमला मिस' २२ साउनदेखि प्रदर्शन तयारीमा छ र निर्माताले पहिलो झलक सार्वजनिक गरेका छन्।
- फिल्मको पोस्टरमा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनको मनोवैज्ञानिक पात्रको भाव देखाइएको छ र टिजर बिहीबार सार्वजनिक गरिने छ।
- फिल्ममा नीर शाहसहित रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री र भावना मगर लगायतको अभिनय छ र विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेका हुन्।
काठमाडौं । नीर शाह निर्देशित आगामी फिल्म ‘कमला मिस’ २२ साउनदेखि प्रदर्शन तयारीमा छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माताले फिल्मको पहिलो झलक सार्वजनिक गरेका छन् ।
पोस्टरमा शीर्ष अभिनेत्री बास्ना तिमिल्सिनको क्यारेक्टर लुक्स देख्न सकिन्छ । उनले निर्वाह गरेको पात्रको मनोवैज्ञानिक भाव पोस्टरमा प्रस्तुत गरिएको छ, जसले कथावस्तु गहिरो, रहस्यमय र संवेदनशील हुने संकेत गर्छ ।
टिजर बिहीबार दर्शकमाझ ल्याउने निर्देशक शाहको तयारी छ ।
मनोवैज्ञानिक कथामा आधारित फिल्ममा शाहको पनि प्रमुख भूमिका छ । उनीसँगै रमेश बुढाथोकी, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडाको पनि अभिनय छ ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि उमा मल्लले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् । विजय मल्लको कथामा आधारित फिल्मको पटकथा तथा संवाद शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।
दशकपछि निर्देशनमा फर्किएका शाहले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया 4