+
+
Shares

ट्रम्पको दाबी : इरानसँगको युद्ध चाँडै सकिन्छ, तर परमाणु हतियार बनाउन दिँदैनौँ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने र इरानलाई परमाणु हतियार बनाउन नदिने दाबी गरेका छन् ।
  • ट्रम्पले अमेरिकाले इरानमाथि ठूलो हमला गर्ने तयारी गरेको तर कतार, साउदी अरब र युएईको आग्रहमा रोकिएको बताएका छन् ।
  • अमेरिकाले इरानको विदेशी मुद्रा विनिमय कम्पनी र १९ वटा पानीजहाजमाथि नयाँ प्रतिबन्ध लगाएको छ।

६ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध निकै चाँडो अन्त्य हुने दाबी गरेका छन्। इरान सम्झौता गर्न चाहेको उल्लेख गर्दै उनले कुनै पनि हालतमा इरानलाई परमाणु हतियार हासिल गर्न नदिने स्पष्ट पारेका छन्।

ह्वाइट हाउसमा सांसदहरूको एक कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी त्यो युद्ध धेरै चाँडै अन्त्य गर्न गइरहेका छौँ। उनीहरू सम्झौता गर्न चाहन्छन्। उनीहरू यसबाट थाकिसकेका छन्।’

ट्रम्पले इरान अझै पनि आफ्नो परमाणु कार्यक्रममा केन्द्रित रहेको तर अमेरिकाले उसलाई परमाणु हतियार बनाउन नदिने दाबी गरे।

अमेरिकी सिनेटमा इरानविरुद्धको युद्ध रोक्नेसँग सम्बन्धित ‘वार पावर रिजोलुसन’ (युद्ध शक्ति प्रस्ताव) अघि बढाइएको पृष्ठभूमिमा उनले उक्त कुरा बताएका हुन्। रिपब्लिकन बहुमत रहेको सिनेटले मंगलबार उक्त प्रस्तावमाथि अघि बढ्ने पक्षमा मतदान गरेको थियो। यसमा कंग्रेसको स्पष्ट स्वीकृतिविना राष्ट्रपतिले इरानविरुद्धको युद्ध जारी राख्न नसक्ने उल्लेख छ।

ट्रम्पले अमेरिका इरानमाथि ठूलो हमला गर्ने तयारीमा रहेको तर हाललाई त्यसलाई रोकिएको खुलाए। कतार, साउदी अरब र युएईले वार्तालाई मौका दिन आग्रह गरेपछि हमला टरेको उनले बताए।

ट्रम्पले नयाँ सैन्य कारबाही शुक्रबार, शनिबार, आइतबार वा आगामी हप्ताको सुरुवातमा हुन सक्ने चेतावनी समेत दिएका छन्।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युरेनियम संवर्द्धन इरानको अधिकार भएको र कुनै दबाबमा नझुक्ने स्पष्ट पारेका छन्। उनले वार्ता हुने तर इरान नझुक्ने बताए।

राष्ट्रपति ट्रम्पले युद्ध चाँडै सकिने र इरान सम्झौता गर्न चाहिरहेको दाबी गर्दै आगामी दिनमा विश्व बजारमा तेलको मूल्यमा ठूलो गिरावट आउने आकलन गरेका छन्।

उता, इरानले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पीजीएसए) गठन गर्दै होर्मुज स्ट्रेटबाट गुज्रिने पानीजहाजहरूका लागि पूर्वअनुमति अनिवार्य गरेको छ। अनुमतिविना जलसन्धि पार गर्नुलाई अवैध मानिने इरानले चेतावनी दिएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युरेनियम संवर्द्धन इरानको अधिकार भएको र कुनै दबाबमा नझुक्ने स्पष्ट पारेका छन्। उनले वार्ता हुने तर इरान नझुक्ने बताए।

इरानले अमेरिकालाई चेतावनी दिँदै यदि फेरि युद्ध भए अमेरिकाले अझ ठूला ‘सरप्राइज’हरूको सामना गर्नुपर्ने बताएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले यस युद्धबाट इरानले धेरै पाठ र नयाँ जानकारी हासिल गरेको दाबी गरे।

अराघचीले इरानी सेनाले पहिलो पटक अमेरिकी ‘एफ-३५’ लडाकु विमान खसालेको दाबी गरेका छन्। उनले एक्समा लेख्दै भनेका छन्, ‘युद्ध सुरु भएको महिनौँपछि अमेरिकी कंग्रेसले अर्बौँ डलर मूल्यका दर्जनौँ विमानहरूको नोक्सानी स्वीकार गरेको छ।’

यद्यपि, अमेरिकाले एफ-३५ खसालिएको इरानी दाबीको आधिकारिक पुष्टि भने गरेको छैन।

अमेरिकाले प्रतिबन्ध थप्यो

अमेरिकाले मंगलबार इरानमाथि थप प्रतिबन्धहरू घोषणा गरेको छ। यसपटक इरानको विदेशी मुद्रा विनिमय गर्ने कम्पनी ‘अमिन एक्सचेन्ज’ र यससँग जोडिएका युएई, टर्की र हङकङसम्म सञ्जाल फैलिएका कम्पनीहरूमाथि कारबाही गरिएको छ।

यसका साथै, अमेरिकाले १९ वटा पानीजहाजमाथि पनि प्रतिबन्ध लगाएको छ। यी जहाजहरूमार्फत इरानको तेल र पेट्रोकेमिकल उत्पादनहरू अन्य देशमा पठाइने गरेको अमेरिकी आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?