+
+
Shares

प्रतिनिधि सभामा श्रम संस्कृतिले आज पनि देखायो प्लेकार्ड

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसदहरुले आज प्रतिनिधि सभा बैठकमा प्लेकार्ड प्रदर्शन गरी विरोध जनाएका छन्।
  • प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गरिरहेको छ।
  • सभामुख डीपी अर्यालले प्लेकार्ड प्रदर्शन नगर्न सांसदहरुलाई चेतावनी दिएका छन्।

६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले आजको प्रतिनिधि सभा बैठकमा पनि प्लेकार्ड प्रदर्शन गरेका छन् ।

संसद बैठक सुरु भएलगत्तै संसदीय दलका नेता हर्क साम्पाङसहितका सांसदहरु आआफ्नो स्थानबाट उठेर प्लेकार्ड प्रदर्शन गरेका थिए । अनि प्लेकार्डमा लेखिएका नारा पढेका थिए ।

प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएपछि श्रम संस्कृतिले विरोध गर्दै आएको छ ।

श्रम संस्कृति पार्टीका सांसदहरुले आज पालैपालो संसदीय सर्वोच्चता कायम गर, विधिको शासन लागु गर, प्रतिपक्षको आवाज दबाउन पाइँदैन, बोल्ने समय वृद्धि गर, सुकुमवासीलाई बाँच्न दे, सहकारी पीडितलाई न्याय दे, विदेशी ऋण बन्द गर, स्वदेशी अर्थतन्त्रको विकास गर लगायतका नारा पढेर सुनाएका थिए ।

प्लेकार्ड प्रदर्शनलाई आज पनि निरन्तरता दिएपछि सभामुख डीपी अर्यालले त्यसो नगर्न चेतावनी दिएका छन् । सभामुख अर्यालले भने, ‘हर्कराज राई (हर्क साम्पाङ) सहित श्रम संस्कृति  पार्टीका माननीय सदस्यहरुले नियमित रुपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरुलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?