+
+
Shares

धुनिबेशीका नागरिकलाई नागढुङ्गा सुरुङमार्गमा रोजगारीको अवसर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ११:३४

६ जेठ, धादिङ । नागढुङ्गा सुरुङमार्ग यही महिनाको अन्तिम सातादेखि परीक्षण सञ्चालन गर्ने तयारी छ। सुरुङमार्ग सञ्चालनको मिति नजिकिएसँगै यसमा आवश्यक पर्ने कर्मचारी भर्ना प्रक्रिया पनि अघि बढाइएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीमा प्राथमिकता दिने उद्देश्यले धादिङको धुनिवेशी नगरपालिकाले स्थानीय बेरोजगार नागरिकहरूबाट अप्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ।

नगरपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सुरुङमार्गमा काम गर्न इच्छुक नगरक्षेत्रभित्र स्थायी रूपमा बसोबास गर्ने बेरोजगार व्यक्तिहरूलाई ७ (सात) दिनभित्र निवेदन दिन आग्रह गरेको छ। सूचनाअनुसार १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेका महिला तथा पुरुष दुवैले यसमा आवेदन दिन सक्नेछन्।

सुरुङमार्ग सञ्चालन आफैंमा जटिल र प्राविधिक विषय भएकाले प्राविधिक कामको लागि विशेष सीप र शैक्षिक योग्यता भएका व्यक्तिहरू राखिने र अप्राविधिक जनशक्तिको हकमा भने प्रभावित स्थानीयलाई प्राथमिकताका आधारमा सीमित संख्यामा रोजगारी उपलब्ध गराइने नगरपालिकाले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?