+
+
Shares

सर्वोच्चले सच्यायो उपत्यकाका नदी किनारामा निर्माण अनुमति दिने मापदण्ड

 नयाँ फैसला अनुसार, अब तोकिएको मापदण्ड बाहेक थप २० मिटर छाडेर मात्रै भौतिक संरचना निर्माण गर्न अनुमति दिनुपर्ने आदेश खारेज भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले १ मंसीर २०६५ को मापदण्ड अनुसार बागमती, विष्णुमती र मनहरा किनाराबाट २० मिटर छाडेर निर्माण गर्न पाइने आदेश दिएको छ।
  • धोबिखोलामा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न पाइने र प्लानिङ नभएको ठाउँमा ९ मिटर छाड्नुपर्ने व्यवस्था सर्वोच्चले गरेको छ।
  • सर्वोच्चले खोलाहरू छोप्न नपाइने, हनुमन्ते खोला बग्ने नगरोन्नुम गाउँपालिकामा २० मिटर छाडेर निर्माण गर्नुपर्ने आदेश पुनरावलोकनबाट उल्ट्याएको छ।

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले बागमती नदी बाहेक काठमाडौं उपत्यकाका अरु नदी र खोलामा निर्धारित क्षेत्र बाहेक अरू थप २० मिटर छाडेर मात्रै निर्माणको अनुमति दिनु भन्ने संयुक्त इजलासको फैसला उल्ट्याएको छ ।

संयुक्त इजलासबाट भएको फैसला पुनरावलोकन गर्दै न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको तीन सदस्यिय पूर्ण इजलासले १ मंसीर, २०६५ मा निर्धारित मापदण्ड कायम हुने आदेश गरेको हो ।

आदेश अनुसार बागमती, विष्णुमती र मनहरा किनाराबाट २० मिटर छाडेर निर्माण गर्न पाइने भएको छ । धोबिखोलाको हकमा धोविखोला आयोजना भएको ठाँउमा परियोजनाको प्लानिङ अनुसार निर्माण गर्न पाइनेछ ।

प्लानिङ नभएको ठाँउमा ९ मिटर छाड्नुपर्नेछ । नख्खु खोलामा १२ मिटर छाड्नुपर्नेछ । बल्खु, कर्मसाना, कोइके, साले र महादेव खोलामा १० मिटर छाड्नुपर्नेछ ।

करखुसी खोलामा ६ मिटर छाड्नुपर्नेछ भने टुकुचा, सामाखुसी, र उपत्यकामा बग्ने अरु खोलामा ४ मिटर छाड्नुपर्नेछ । कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न नपाइने आदेश गरेको छ ।

त्यसका साथै हनुमन्ते खोला बग्ने नगरोन्नुम गाउँपालिकाहरूमा खोलाका किनाराबाट २० मिटर छाडेर निर्माण गर्नुपर्नेछ ।

कार्यकारीको नीतिगत क्षेत्राधिकारमा हस्तक्षेप नगर्ने नजीर र प्रतिपादित सिद्धान्त कार्यान्वयन गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले यसअघिको फैसलालाई पुनरावलोकनबाट उल्ट्याएको हो । यसअघि संयुक्त इजलासले तोकिएको मापदण्ड बाहेक २० मिटर छाडेर मात्रै निर्माण अनुमति दिनु भनी आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?