News Summary
Generated by OK AI. Editorially reviewed.- सुपर ड्राइभ नेपालले जेठ १७ देखि २३ गतेसम्म नेपालकै सबैभन्दा ठूलो राष्ट्रव्यापी अटोमोटिभ लाइफस्टाइल र्याली आयोजना गर्ने भएको छ ।
- मोटरस्पोर्ट केटीएमले आयोजना गर्ने यस र्यालीले बुटवल, भैरहवा, पोखरा, चितवन र काठमाडौं लगायत देशका प्रमुख शहरको भ्रमण गर्नेछ ।
- यस र्यालीको समापन जेठ २३ गते काठमाडौंको दरबारमार्गमा आयोजना हुने 'सुपर ड्राइभ नेपाल ग्रान्ड शोकेस' मार्फत गरिने आयोजकले जनाएको छ ।
११ जेठ, काठमाडौं । सुपर ड्राइभ नेपालले यही जेठ १७ देखि २३ गतेसम्म (मे ३१-जुन ६) नेपालकै सबैभन्दा ठूलो राष्ट्रव्यापी ‘अटोमोटिभ लाइफस्टाइल र्याली’ आयोजना गर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक हप्तासम्म चल्ने यस कार्यक्रममा अन्तर्राष्ट्रिय सुपरकार, लक्जरी ब्रान्ड, प्रसिद्ध कन्टेन्ट क्रियटर्स, प्रिमियम हस्पिटालिटी पार्टनर्स र अटोमोटिभ प्रेमीहरूको विशेष सहभागिता रहने जानकारी दिइएको हो ।
मोटरस्पोर्ट केटीएमेले आयोजना गर्ने यस र्यालीले बुटवल, भैरहवा, पोखरा, चितवन र काठमाडौँ लगायत नेपालका प्रमुख सहरहरूको भ्रमण गर्नेछ । यस कार्यक्रमले अटोमोटिभ संस्कृति, पर्यटन, मनोरञ्जन, नाइटलाइफ र आधुनिक जीवनशैलीलाई एउटै प्रिमियम प्लेटफर्ममा प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।
र्यालीका क्रममा पोर्श, अउडी, बिएमडब्ल्यू एम सिरिज र मर्सिडिज-एएमजी जस्ता विश्वप्रसिद्ध र प्रतिष्ठित उच्च कार्यक्षमतायुक्त गाडीहरू गुड्ने आयोजकले जनाएको छ ।
यस यात्रामा सर्वसाधारणका लागि सवारी प्रदर्शन, क्रियटर्सहरूसँगको सहकार्य, विशेष मिडिया कभरेज तथा लक्जरी हस्पिटालिटीको अनुभव समेटिनेछन् ।
कार्यक्रमका मुख्य आकर्षणको रुपमा नेपालभर अन्तर्राष्ट्रिय सुपरकारहरूको विशेष र्याली, सर्वसाधारणका लागि सवारी साधनको प्रदर्शनी तथा भेटघाट कार्यक्रम, प्रशंसक तथा दर्शकहरूसँग प्रत्यक्ष मिट एण्ड ग्रीट कार्यक्रम, ब्रान्ड प्रवर्द्धन तथा लाइफस्टाइल एक्टिभेसन्स लगायत कार्यक्रम रहनेछ ।
यस र्यालीको समापन जुन ६ (जेठ २३ गते) अपराह्न ४ बजेदेखि काठमाडौँको दरबारमार्गमा आयोजना हुने मुख्य कार्यक्रम ‘सुपर ड्राइभ नेपाल ग्रान्ड शोकेस’ मार्फत हुनेछ ।
उक्त समापन समारोहमा सर्वसाधारणले सबै सुपरकारहरूलाई नजिकबाट नियाल्न पाउनेछन् भने विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र ब्रान्ड एक्टिभेसन्सका साथ देशव्यापी यात्राको भव्य उत्सव मनाइनेछ ।
सुपर ड्राइभ नेपालले नेपाललाई प्रिमियम अटोमोटिभ पर्यटन र अन्तर्राष्ट्रिय स्तरका लाइफस्टाइल इभेन्टहरूको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
साथै, यसले देशभरका अटोमोटिभ प्रेमी, ब्रान्ड र दर्शकहरूका लागि एउठा अविस्मरणीय र रोमान्चक अनुभव प्रदान गर्ने विश्वास दिलाएको छ ।
प्रतिक्रिया 4