+
+
Shares

पूर्वाधार विकासमा राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : सभामुख अर्याल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १२:१९

११ जेठ, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले काम नगरेकोले अझै आधारभूत आवश्यकताबारे बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै अहिले पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे ।

सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गर्दै जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?