+
+
Shares

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णय

नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका ४ वटा निर्णय भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
  • मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/०८४ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३,६६० र मध्यमको रु ३,८६० तोकेको छ ।
  • सरकारले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजना कार्यान्वयनका लागि चीनलाई पठाइने प्रत्युत्तर पत्र स्वीकृत गरेको छ ।

११ जेठ, काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका ४ वटा निर्णय भएका छन् ।

यस्ता छन् बैठकका निर्णयहरू:

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?