News Summary
Generated by OK AI. Editorially reviewed.- बिहान खाली पेटमा धनियाँ भिजाएको पानी पिउँदा शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत मिल्छ।
धनियाँ तरकारी, अचारमा स्वाद बढाउनका लागि मात्रै होइन राम्रो गन्ध मात्र होइन, औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । आयुर्वेदमा पनि धनियाँको दाना फाइदाको बारेमा चर्चा गरिएको छ ।
धनियाँको दानामा फाइबर, क्याल्सियम, तामा, म्याग्नेसियम, फलाम र भिटामिन ए, सी र के प्रशस्त मात्रामा पाइन्छ । धनियाँको दानालाई पानीमा भिजाएर यो पानी पिउनाले धेरै स्वास्थ्य लाभहरू प्राप्त हुन्छन् । बिहान खाली पेटमा धनियाँ पानी पिउनाले शरीरमा धेरै प्रभाव पार्छ।
१.पाचन सुधार गर्छ
हरेक बिहान खाली पेटमा धनियाँ पानी पिउनाले पाचन इन्जाइमहरू सक्रिय हुन्छन् । यसले पेट फुल्ने, अपच र भारी हुने जस्ता समस्याहरूबाट छुटकारा पाउन मद्दत गर्छ ।
३.प्राकृतिक डिटक्स
धनियाँ पानीले राम्रो डिटक्स वाटरको रूपमा काम गर्छ । यसले शरीरबाट हानिकारक विषाक्त पदार्थहरू हटाउँछ र डिटक्सिफाइ गर्ने गुणहरू प्रदान गर्दछ।
४.तौल घटाउन मद्दत गर्ने
बिहान खाली पेटमा धनियाँ पानी पिउनाले तौल घटाउन मद्दत गर्न सक्छ । यो पानी बोसो जलाउने गुणहरूले भरिपूर्ण हुन्छ । धनिया तौल घटाउने प्रक्रियामा सहायक बन्न सक्छ तर धनियाँ पानीको सेवनले मात्रै तौल घट्ने भने होइन्
सुन्निने समस्या कम गर्छ
यसको एन्टी-इन्फ्लेमेटरी गुणहरूको कारण, धनियाँ पानी पिउनाले सुन्निने समस्या कम हुन्छ । यो एसिडिटी र पेटको अन्य समस्याहरूबाट छुटकारा पाउन पनि प्रभावकारी हुन्छ ।
५.छालाका लागि फाइदा
धनियाँ पानी पिउनाले छालालाई फाइदा हुन्छ । यसको एन्टिब्याक्टेरियल र एन्टिअक्सिडेन्ट गुणले छालालाई डन्डीफोरबाट मुक्त राख्न मद्दत गर्छ।
६.कसरी बनाउने धनियाँ पानी ?
एक गिलास पानीमा एक चम्चा धनियाँको दाना रातभर भिजाउनुहोस् । भोलिपल्ट बिहान यो पानीलाई हल्का तताएर पिउनुहोस् ।
प्रतिक्रिया 4