+

मेस्सीले छैटौं विश्वकप खेल्दै, अर्जेन्टिनाको अन्तिम टोली घोषणा

२०८३ जेठ  १५ गते ७:५३ २०८३ जेठ १५ गते ७:५३
मेस्सीले छैटौं विश्वकप खेल्दै, अर्जेन्टिनाको अन्तिम टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता अर्जेन्टिनाले लियोनल मेस्सीको कप्तानीमा फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ ।
  • ३८ वर्षीय मेस्सीले यसपटक छैटौं विश्वकप खेल्दै क्रिस्टियानो रोनाल्डोसँगै ६ वटा विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउनेछन् ।
  • विश्वकपको समूह ‘जे’ मा रहेको अर्जेन्टिनाले आगामी जुन १७ मा अल्जेरिया विरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

१५ जेठ, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीको कप्तानी लियोनल मेस्सीले गर्नेछन् ।

३८ वर्षीय मेस्सीले यसपटक आफ्नो छैटौं विश्वकप खेल्दैछन् । यससँगै उनी क्रिस्टियानो रोनाल्डोसँगै पुरुष फुटबलमा ६ वटा विश्वकप खेल्ने दुर्लभ कीर्तिमान बनाउने खेलाडी बन्नेछन् ।

टोलीमा एमिलियानो मार्टिनेज, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज र लाउतारो मार्टिनेजजस्ता खेलाडी पनि समावेश छन् ।

विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा रहेको छ । उसले जुन १७ मा अल्जेरिया विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाको विश्वकप टोली :

गोलकिपर : हुआन मुसो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज

डिफेन्डर : लियोनार्डो बालेर्दी, निकोलस टाग्लियाफिको, गोन्जालो मोन्टियाल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना

मिडफिल्डर : लियानद्रो पेरेडेस, रोड्रिगो डे पल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पलासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज

फरवार्ड : जुलियन अल्भारेज, लियोनल मेस्सी, निकोलस गोन्जालेज, थियागो अल्माडा, जुलियानो साइमन, निको पाज, जोसे म्यानुअल लोपेज, लाउतारो मार्टिनेज

अर्जेन्टिना फुटबल फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय