News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमा ‘ढुक्क हुनस् ।’ भनी संक्षिप्त पोस्ट गरेका छन् ।
- विपक्षीहरूले संसद्मा सम्बोधन नगरेको र उत्तरदायी नभएको भन्दै प्रधानमन्त्री शाहविरुद्ध निरन्तर प्रश्न गरिरहेका छन् ।
- प्रधानमन्त्री शाहले बजेट प्रस्तुत भएको संघीय संसद्को संयुक्त बैठक र गणतन्त्र दिवस समारोहमा समेत सम्बोधन गरेनन् ।
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री बनेयता बालेन शाहले सार्वजनिक समारोहमा सम्बोधन गरेका छन् ।
उनले संसद् बैठकमा पनि अहिलेसम्म सम्बोधन गरेका छैनन् । प्राय: आफ्ना अभिव्यक्ति सामाजिक सञ्जालबाटै अभिव्यक्त गर्ने उनको शैली नै भइसकेको छ ।
संसद्मा सम्बोधन नगरेको, प्रश्नबाट भागेको वा उत्तरदायी नभएको भन्दै विपक्षीहरूले उनीविरुद्ध निरन्तर प्रश्न गरिरहेका छन् ।
यसैबीच उनले शुक्रबार साँझ एउटा पोस्ट राखेका छन् । जहाँ उनले लेखेका छन्, ‘ढुक्क हुनस् ।’
झण्डै दुई तिहाइ नजिकको सरकारको नेतृत्व गरिरहेका शाह यो स्टाटस लेख्नुअघि दिनभर सिंहदरबार थिए ।
आजै संघीय संसद्को संयुक्त बैठकमा बजेट पनि पेश भएको थियो ।
बजेट प्रस्तुत गर्दा संसद् बैठकमा सहभागी भएका शाहले साँझ ‘ढुक्क हुनस्’ लेखेका हुन् । उनको स्टाटसमा केही मिनेटमै हजारौं लाइक, कमेन्ट आएका छन् ।
शाहले आजै बिहान गणतन्त्र दिवसको समारोहमा समेत सम्बोधन गरेका थिएनन् ।
प्रतिक्रिया 4