News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियामा भइरहेको एसियन गेम्स छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाली महिला क्रिकेट टोलीले आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ ।
- सिंगापुरमा हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली पुरुष क्रिकेट टोलीले पनि आइतबार नै चीनको सामना गर्नेछ ।
- महिला टोलीले चीनलाई पराजित गरेमा तेस्रो हुँदै एसियन गेम्समा छनोट हुनेछ भने पुरुष टोली पनि छनोट हुने लक्ष्यमा छ ।
१६ जेठ, काठमाडौं । नेपाली पुरुष र महिला दुवै क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दैछ । दुवै खेल एसियन गेम्स छनोट अन्तर्गतका खेल हुन् । दुवै खेल विहान सवा ७ बजे सुरु हुनेछ ।
महिला क्रिकेट टोलीले मलेसियामा भइरहेको छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि चीनसँग खेल्न लागेको हो । आज भएको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि खेल्ने भएको हो ।
नेपाली महिला टोलीले चीनलाई हराएमा तेस्रो हुँदै एसियन गेम्समा स्थान बनाउनेछ । चीनलाई हराएको थाइल्यान्ड र नेपाललाई हराएको मलेसिया फाइनलमा पुगेका छन् भने एसियन गेम्सका लागि पनि छनोट भइसकेका छन् ।
यस्तै पुरुष क्रिकेट टोलीले छनोट प्रतियोगिताको पहिलो खेलमा चीनसँग खेल्न लागेको हो । सिंगापुरमा हुने प्रतियोगितामा नेपाल समूह ए मा चीन र मलेसियासँग परेको छ । समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् ।
शीर्ष २ मा पर्ने टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् भने एसियन गेम्सका लागि पनि छनोट हुनेछन् ।
प्रतिक्रिया 4