+

जिल्ला स्तरीय डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेसलाई

२०८३ जेठ  १६ गते २२:५६ २०८३ जेठ १६ गते २२:५६
जिल्ला स्तरीय डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेसलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा सम्पन्न दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेस सेन्टरले जितेको छ ।
  • उपाधिसँगै विजेताले नगद ६० हजार ६६६ र उपविजेता बुटवल फिटनेसले ३० हजार ३३३ रुपैयाँ प्राप्त गरेका छन् ।
  • लोपोन्मुख खेलको संरक्षण र विकास गर्न प्रतियोगिता आयोजना गरिएको महासंघका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए ।

१६ जेठ,बुटवल । बुटवलमा सम्पन्न दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिताको उपाधि फिजिकल फिटनेश सेन्टरले चुमेको छ ।

रामनगर खेल मैदानमा शनिबार भएको फाइनलमा बुटवल फिटनेसलाई २–० को सोझो सेटमा पराजित गर्दै फिजिकल फिटनेश सेन्टर लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

उपाधिसँगै फिजिकल फिटनेसले नगद ६० हजार ६६६ रुपैयाँ तथा उपविजेता बुटवल फिटनेशले नगद ३० हजार ३३३ रुपैयाँ, तृतीय भएको योर्स मल्टि फिटनेसले नगद १५ हजार १११ रुपैयाँबाट पुरस्कृत भएका छन् ।

विजयी टिमलाई बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्य, प्रतियोगिता संयोजक सरोज क्षेत्रीले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका छन ।

लोपोन्मुख खेलको संरक्षण र विकास गर्न प्रतियोगिता आयोजना गरिएको महासंघका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । दुई दिने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको महासंघका सदस्य इप्पल भण्डारीले बताए ।

डोरी तान प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय