१६ जेठ, काठमाडौं । स्वास्थ्य पत्रकार सुमित्रा लुइटेल पोषण तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा पुर्याएको योगदानका लागि सम्मानित भएकी छिन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा ‘योर डाइटिसियन’ संस्थाले पोषण, आहार तथा जनस्वास्थ्यका विषयमा निरन्तर कलम चलाएर सर्वसाधारणलाई सचेत बनाउने काम गरेको भन्दै लुइटेललाई सम्मान गरेको हो ।
संस्थाले स्वास्थ्य पत्रकारितामार्फत पोषणसम्बन्धी सही सूचना प्रवाह गरी आम नागरिकमा सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनलाई कदरपत्रसहित सम्मान गरेको जनाएको छ । लुइटेल विगत ४ वर्षदेखि अनलाइनखबरमा कार्यरत छिन् ।
प्रतिक्रिया 4