+
+
Shares

इँटा, टायल, अम्रिसोजस्ता २५६ वस्तुमा १५ प्रतिशतसम्म आन्तरिक उत्पादन संरक्षण शुल्क

आगामी आवको बजेट मार्फत अर्थमन्त्री वाग्लेले आन्तरिक उत्पादन निरुत्साहित गर्ने खालका वस्तु आयात घटाउन भन्सार लगाइएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १७ गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्न २५६ वटा आयातित वस्तुमा ५ देखि १५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाएको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादन निरुत्साहित गर्ने खालका वस्तु आयात घटाउन यस्तो शुल्क लगाइएको बताए ।
  • आर्थिक विधेयक २०८३ अनुसार दूधजन्य पदार्थ, कफी, चिया, मसला, बाँस र कोइला लगायतका वस्तु आयातमा यो अतिरिक्त शुल्क लाग्ने छ ।

१७ जेठ, काठमाडौं । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन र संरक्षण गर्न त्यस्ता वस्तु आयातमा अतिरिक्त शुल्क लगाएको छ ।

ती वस्तुमा भन्सारपछिको मूल्यमा यस्तो शुल्क लगाउने आर्थिक विधेयक २०८३ मा उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादन निरुत्साहित गर्ने खालका वस्तु आयात घटाउन भन्सार लगाइएको दाबी गरेका छन् ।

उनले शुक्रबार आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण गर्न ५ देखि १५ प्रतिशतसम्मको थप कर कायम गरेको बताए ।

बजेट मार्फत परिवर्तन भएको भन्सार दरलाई कानुनी रूप दिन ल्याइएको आर्थिक विधेयक अनुसार ४१ शीर्षकभित्र रहेका २ सय ५६ वटा उपशीर्षकका वस्तु आयातमा ५ देखि १५ प्रतिशतसम्म भन्सार दर लगाइएको छ ।

‘आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क’ भन्दै सरकारले अतिरिक्त कर लगाएको हो । यसरी अतिरिक्त शुल्क तोकिएका वस्तु नेपालमै उत्पादन भएको अवस्थामा मूल्य परिवर्तन हुँदैन । तर, आयात गरिएका वस्तु हुन् भने मूल्य बढ्ने छ ।

सरकारले गाढा पारिएको वा चिनी वा अन्य गुलियो पदार्थ हालिएको दूध र तर, तौलमा फ्याटको मात्रा १.५ प्रतिशतभन्दा बढी नभएको धुलो, दाना वा अन्य ठोस वस्तुमा १० प्रतिशत भन्सारपछिको मूल्यमा शुल्क ताकेको हो ।

त्यसैगरी चिल्लो हटाइएको दूध, चिनी वा अन्य गुलियो पदार्थ, दूधबाट निकालिएको नौनी तथा अन्य फ्याट वा चिल्लो पदार्थ भएका वस्तुमा पनि १० प्रतिशत शुल्क तोकिएको छ ।

त्यसैगरी सरकारले नभुटेको/भुटेको कफीमा १० प्रतिशत, ग्रिन टिमा १० प्रतिशत, मरिचमा १० प्रतिशत र टिमुरमा १० प्रतिशत भन्सार तोकेको छ । दालचिनीमा १० प्रतिशत शुल्क तोकिएको छ भने अदुवा, केशर, हलेदो, तेजपात, पुदिना, तरकारी र अन्य मसलामा ५ प्रतिशत शुल्क थप लगाइएको छ ।

सरकारले आगामी आवदेखि बाँस आयातमा १० प्रतिशत शुल्क तोकेको छ । कत्था र कपासमा भने ५ प्रतिशत शुल्क लाग्ने आर्थिक विधेयक २०८३ मा उल्लेख छ ।

सरकारले दाउरा आयातमा ५ प्रतिशत भन्सार तोकेको छ । कोइला आयातमा १५ प्रतिशत थप शुल्क तोकेको छ । यसरी नेपालमा उत्पादन हुने विभिन्न २ सय ५६ वस्तु आयात भएको खण्डमा ५ देखि १५ प्रतिशतसम्म भन्सार तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?