+
+
Shares

रास्वपा महाधिवेशनका लागि १८ उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:३१

१८ जेठ, काठमाडौं । रास्वपाले पहिलो महाधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मूल आयोजक समिति मातहत १८ वटा उपसमितिहरु गठन गरेको छ ।

आगामी असार ७, ८ र ९ गते चितवनमा पहिलो महाधिवेशन आयोजना गर्दैछ । त्यसका लागि पार्टी सभापति रवि लामिछानेको संयोजकत्वमा मूल आयोजक समिति यसअघि नै गठन भइसकेको थियो । सोही मूल आयोजक समिति मातहत रहने उपसमितिहरु गठन गरिएको रास्वपाले जनाएको छ ।

यी हुन् उपसमितिहरु –

१. कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति

२. गुनासो व्यवस्थापन उपसमिति

३. प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति

४. आर्थिक व्यवस्थापन उपसमिति

५. महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति

६. कानुनी समन्वय उपसमिति

७. प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति

८. सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति

९. सूचना प्रविधि उपसमिति

१०. आवास तथा भोजन व्यवस्थापन उपसमिति

११. अतिथि सत्कार उपसमिति

१२. हल तथा मञ्च व्यवस्थापन उपसमिति

१३. स्वास्थ्य सेवा उपसमिति

१४. सांस्कृतिक कार्यक्रम उपसमिति

१५. यातायात व्यवस्थापन उपसमिति

१६. स्थानीय समन्वय सहकार्य उपसमिति

१७. अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति

१८. अनुशासन उपसमिति

रास्वपाको महाधिवेशन मूल आयोजक समिति सदस्यहरुमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी छन् ।

यसैगरी बसुमाया तामाङ्ग, मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल पनि मूल आयोजक समितिको सदस्य छन् । मूल आयोजक समितिमा सबै केन्द्रीय समिति सदस्यहरु र सबै प्रदेश सभापतिहरुलाई पनि समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?