+
+
Shares

टम हल्यान्डले स्पाइडर-म्यानको भूमिकाबाट बिदा लिन लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता टम हल्याण्डले आगामी फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ पछि आफूले स्पाइडर-म्यानको भूमिका निरन्तर निभाउने सम्भावना कम रहेको बताएका छन्।
  • हल्याण्डले भविष्यमा माइल्स मोरालेस, स्पाइडर-ग्वेन वा स्पाइडर-वुमनजस्ता नयाँ पुस्ताका पात्रले स्पाइडर-म्यानको आगामी अध्यायको नेतृत्व गरेको हेर्न चाहेको उल्लेख गरेका छन्।
  • सन् २०१६ देखि मार्वल सिनेमाटिक युनिभर्समा आबद्ध हल्याण्डले हालसम्म तीनवटा एकल फिल्ममा अभिनय गरिसकेका छन् भने चौथो फिल्मको तयारीमा छन्।

लस एन्जलस । मार्वल सिनेमाटिक युनिभर्स (एमसीयू) मा करिब एक दशकदेखि स्पाइडर-म्यान र पिटर पार्करको भूमिका निर्वाह गर्दै आएका आएका अभिनेता टम हल्याण्डले अब यो पात्रबाट बिदा हुन सक्ने संकेत दिएका छन् ।

हालै दिएको एक अन्तर्वार्तामा उनले आगामी फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ पछि आफूले स्पाइडर-म्यानको भूमिका निरन्तर निभाउने सम्भावना कम रहेको बताएका हुन् । यो खबरले उनका प्रशंसकलाई निराश बनाउन सक्छ, किनकि पछिल्ला १० वर्षदेखि दर्शकले उनलाई नै स्पाइडर-म्यानका रूपमा स्वीकार गर्दै आएका छन् ।

‘एम्पायर’ म्यागजिनसँगको कुराकानीमा हल्याण्डले भविष्यमा स्पाइडर-म्यानको नयाँ पुस्ताका पात्रलाई अगाडि आउँदै गरेको हेर्न चाहेको बताए । उनका अनुसार माइल्स मोरालेस, स्पाइडर–ग्वेन वा स्पाइडर–वुमनजस्ता पात्रले आगामी अध्यायको नेतृत्व गर्न सक्छन् र त्यसका लागि आधार तयार पार्न पाउँदा आफूलाई खुशी लाग्नेछ ।

उनले एमसीयूमा ‘आइरन म्यान’ बनेका रोबर्ट डाउनी जुनियरले छाडेको प्रभावको उदाहरण दिँदै आफूले पनि त्यस्तै योगदान दिन सके खुसी हुने बताए ।

हल्याण्डले सन् २०१६ मा ‘क्याप्टेन अमेरिकाः सिभिल वार’ मार्फत पहिलो पटक एमसीयूमा स्पाइडर-म्यानका रूपमा प्रवेश गरेका थिए । त्यसपछि उनले ‘एभेन्जर्सः इन्फिनिटी वार’ र ‘एभेन्जर्सः एन्डगेम’ लगायतका फिल्ममा अभिनय गरे ।

उनले अहिलेसम्म तीनवटा एकल स्पाइडर-म्यान फिल्ममा काम गरिसकेका छन् भने ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ उनको चौथो एकल स्पाइडर-म्यान फिल्म हुनेछ ।

यसअघि टोबी म्याग्वायरले तीनवटा र एन्ड्र्यु गारफिल्डले दुईवटा फिल्ममा स्पाइडर-म्यानको भूमिका निभाएका थिए । पछिल्ला केही महिनादेखि ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नै टम हल्याण्डको अन्तिम स्पाइडर–म्यान फिल्म हुन सक्ने चर्चा चलिरहेको छ । साथै, एमसीयूले भविष्यमा नयाँ कलाकारसहित अर्को लाइभ-एक्सन स्पाइडर-म्यान ल्याउन सक्ने अनुमान पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?