+
+
Shares

बालेनको अभिव्यक्तिप्रति विश्वप्रकाश : छिमेकीको सीमा मिचिएको छ भन्ने संसारकै एक्लो प्रधानमन्त्री

उनले आफ्नै देशको संसद्‌‌मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको पनि टिप्पणी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताएका छन् ।
  • उनले आफ्नै देशको संसद्‌मा उभिएर नेपालले छिमेकीको सीमा मिचेको टिप्पणी गर्ने प्रधानमन्त्री एक्लो भएको बताए ।
  • शर्माले 'प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ' भनी कडा आपत्ति जनाएका छन् ।

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधामन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति गम्भीर र आपत्तिजनक भएको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

उनले आफ्नै देशको संसद्‌‌मा उभिएर मेरो देशले छिमेकीको सीमा मिचिएको छ भन्ने प्रधानमन्त्री बालेन एक्लो भएको पनि टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर र आपत्तिजनक छ,’ उनले भने, ‘संसारको एकमात्र प्रधानमन्त्री जो देशको संसद्‌मा उभिएर भन्दैछ- मेरो देशले छिमेकीको सिमा मिचेको छ । यस्को मतलब के अब हिसाब बराबर हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?