+
+
Shares

काठमाडौं र ललितपुरका एसएसपी फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं र ललितपुरका एसएसपीसहित ३३ जना वरिष्ठ उपरीक्षकको सरुवा भएको छ ।
  • काठमाडौंका एसएसपी रमेश थापालाई मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा गरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयमा काज राखिएको छ ।
  • ललितपुरका एसएसपी होविन्द्र बोगटीलाई नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा सरुवा गरिएको छ ।

१८ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौं र ललितपुर वरिष्ठ उपरीक्षक (एसएसपी) फेरिएका छन् । गृह मन्त्रालयस्तरीय निर्णय अनुसार, सोमबार विभिन्न ३३ जना एसएसपीहरूको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार साँझ सरुवाबारे जानकारी गराएका हुन् ।

काठमाडौंको एसएसपीमा रमेश थापा थिए भने ललितपुरको एसएसपीमा होविन्द्र बोगटी थिए ।

थापालाई काठमाडौंबाट सरुवा गरेर मधेश प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर, धनुषा सरुवा गरिएको छ । उनको काज भने नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय रहने मानवस्रोत विकास विभागले जनाएको छ ।

ललितपुरका एसएसपी बोगटीलाई भने नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?