फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
- सांसद दिवानसिंह विष्टको नेतृत्वमा दर्ता गरिएको उक्त प्रस्तावमा कांग्रेसका १८ मध्ये ९ जना सांसदले हस्ताक्षर गरेका छन् ।
- अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका बहुमत सांसदहरूको बैठक बसिरहेको छ ।
१९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो ।
स्रोतकाअनुसार शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् ।
प्रदेश सभामा कांग्रेसका १८ सांसद छन् । उनीहरू मध्ये प्रकाश देउवा भने नेपाल बाहिर छन् ।
अविश्वासको प्रस्ताव दर्ता गरेपछि अहिले प्रदेश सभामा बहुमत सांसदको बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4