+
+
Shares

संसद् बैठकमा आज पनि विपक्षीको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको १९ जेठको बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी ३ बजे सुरु भएको छ ।
  • विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै विरोध जनाएका हुन् ।
  • विपक्षीको सो मागप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी सहमत नभएको उल्लेख गरिएको छ ।

१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरिरहेका छन् ।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको हो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?