+
+
Shares

विपक्षीले नाराबाजी नछाडेपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूको नाराबाजी र अवरोधका कारण प्रतिनिधिसभा बैठक आगामी २५ जेठसम्मका लागि स्थगित भएको छ ।
  • विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै संसद्मा विरोध जनाएका हुन् ।
  • सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजे पनि विपक्षीहरूको अवरोधका कारण बैठक स्थगित गर्नुभयो ।

१९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित गरेको घोषणा दिए ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।

त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदहरूलाई आफ्नो धारणा राख्न दिए । उनीहरूले धारणा राखे पनि ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ ।

आज पनि उनीहरूले सोही अडान दोहोर्‍याए । यसैबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउन खोजेका थिए ।

तर विपक्षीहरूले आफ्नो अडान छाडेनन् । त्यसपछि सभामुख अर्यालले बैठक २५ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने लगायतका कार्यसूची थियो ।

आजको बैठकका थप तस्वीरहरू–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?