+
+
Shares

छैटौं संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ सुरु

नेपाललाई हिमालयको प्रवेशद्वारका रूपमा प्रस्तुत गर्दै पाटाले हरेक वर्ष हिमालयन ट्राभल मार्ट आयोजना गर्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १६:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा २७ देशका प्रतिनिधिको सहभागितामा छैटौं संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ सुरु भएको छ ।
  • कार्यक्रममा नेपालस्थित स्विस दूतावास र पाटा-नेपाल च्याप्टरबीच पर्यटन संकट व्यवस्थापन मार्गदर्शिका विकास गर्ने सहकार्यको घोषणा गरियो ।
  • जुन ४ सम्म सञ्चालन हुने यस मार्टमा साहसिक पर्यटन, दिगो विकास र डिजिटल भुक्तानी प्रणालीबारे छलफल गरिने छ ।

१९ जेठ, काठमाडौं । छैटौं संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ ललितपुरमा सुरु भएको छ ।

यस पटक २७ देशका १ सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ७५ जना ग्लोबल बायर तथा विश्वभरिका ८० भन्दा बढी पर्यटन संस्थाका प्रतिनिधि सहभागी भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टरले जनाएको छ ।

नेपाललाई हिमालयको प्रवेशद्वारका रूपमा प्रस्तुत गर्दै पाटाले हरेक वर्ष हिमालयन ट्राभल मार्ट आयोजना गर्दै आएको छ । ट्राभल महोत्सवका रूपमा रहने यस कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाबीच अर्थपूर्ण संवाद, सहकार्य तथा आदानप्रदान समेत आयोजना गरिन्छ ।

नेपालमा साहसिक पर्यटन, दिगो पर्यटन, वेलनेस पर्यटन, माइस पर्यटन, डेस्टिनेसन वेडिङ, डिजिटल भुक्तानी प्रणाली तथा पुनरुत्थानमुखी पर्यटनका अनुभव र अवसरबारे छलफल हुने बताइएको छ ।

कार्यक्रममा पाटा–नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुरेशसिंह बुडलले विश्व पर्यटन क्षेत्रमा भइरहेको परिवर्तन र त्यसबाट सिर्जित अवसरलाई नेपालले आत्मसात गर्न तयार रहेको बताए ।

उनले बदलिँदो पर्यटकको अपेक्षा, प्रविधिगत नवप्रवर्तन, दिगोपनको आवश्यकता, वेलनेसप्रतिको बढ्दो आकर्षण तथा प्रामाणिक र पुनरुत्थानमुखी अनुभवप्रतिको मागले विश्व पर्यटनलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उनले बताए ।

कार्यक्रममा नेपालस्थित स्वीस दूतावास र पाटा–नेपाल च्याप्टरबीच नेपाली पर्यटन सरोकारवालाका लागि पर्यटन संकट व्यवस्थापन मार्गदर्शिका विकास गर्नेबारे सहकार्यको घोषणा गरियो ।

पाटा–नेपाल च्याप्टरका अध्यक्ष खेम लकाईले नेपालको पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनप्रति संस्थाको प्रतिबद्धता दोहोर्‍याए । सोमबारदेखि सुरु मार्ट ४ जुनसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?