+
+
Shares

महोत्तरीमा गोली चलाएर लुटपाट, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ७:१३

२० जेठ, जनकपुरधाम । महोत्तरीमा डाँका चोरीमा संलग्न व्यक्तिहरुको गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिका-३ खखनामा मंगलबार राति राम विश्वास यादवको घरमा डाँकाचोरी भएको हो । सो क्रममा डाँका समूहले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए ।

दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले बिहानपख थाहा पाएको हो । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?