+
+
Shares

त्रिविमा स्नातकको शैक्षिक क्यालेन्डर : भर्ना असारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते ८:३८

२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक पहिलो वर्षको भर्ना असार दोस्रोसातादेखि भदौ मसान्तसम्म सञ्चालन हुने भएको छ ।

त्रिविले सूचना जारी गरि मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा भर्नाको लागि सूचना जारी गरेको हो ।

स्नातक वार्षिक प्रणाली अन्तर्गतको कक्षा संचालन असोज पहिलो सातादेखि परीक्षा फाराम २०८३ चैत्रमा, परीक्षा संचालन २०८४ जेठ अन्तिम हप्ता र नतिजा प्रकाशन २०८४ भाद्र महिनामा गर्ने क्यालेन्डर पनि प्रकाशित गरिएको छ ।

त्यसैगरी सेमेस्टर प्रणालीको फारम बुझाउने २०८३ असार पहिलो सातादेखि साउन मसान्तसम्म, कक्षा संचालन २०८३ भाद्र अन्तिम हप्तादेखि, अन्तिम परीक्षा २०८३ फागुन अन्तिम हप्ता र नतिजा प्रकाशण २०८४ जेठ महिनाभित्र गर्ने क्यालेन्डर बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?