२० जेठ, काठमाडौं । काठमाडौं नक्साल नारायणचौरबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा चीनको फुजियानका ३३ वर्षीय वाङ वेण्ड र फुजियानकै चेन सुनगुई छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अध्यागमन विभागमा बुझाइएको छ ।
भिजिट भिसामा नेपाल आएर भिसा विपरीतका गतिविधि उनीहरुले गरेको प्रहरीले बताएको छ ।
उनीहरुले नारायणचौरमा रहेको आरआउर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय अवैध रुपमा खोली विदेशी मोडल तथा युवतीहरुसँग लाइब हब भन्दै विभिन्न व्यक्तिलाई साथी बनाउने र बुक गर्न भन्दै पैसा हाल्न लगाउने गरेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4