+
+
Shares

प्रतिनिधिसभा र राष्ट्रिय सभा अलग हो, तर फरक छैन भन्ने अनुभूति गरिरहेका छौं : सांसद देवकोटा

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले संसद्को कामकारबाही सञ्चालन हुन नसकेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद सम्झना देवकोटाले चार दिनदेखि राष्ट्रिय सभाको कामकारबाही सञ्चालन हुन नसकेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।
  • नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोधमा सांसदहरूले राष्ट्रिय सभाको बैठक सञ्चालन हुन दिएका छैनन् ।
  • सांसद देवकोटाले “चार दिन देखि यो सदन चल्न नसक्दा दु:खी पनि छौं” भन्दै संसद् अवरोधप्रति दुःख व्यक्त गरिन् ।

२० जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले संसद्को कामकारबाही सञ्चालन हुन नसकेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।

चार दिनदेखि राष्ट्रिय सभाको कामकारबाही अगाडि बढ्न नसकेको भन्दै उनले यसमा सरकार गम्भीर हुनैपर्ने बताएकी हुन् ।

‘चार दिन देखि यो सदन चल्न नसक्दा दु:खी पनि छौं,’ उनले भन्छिन्, ‘प्रतिनिधिसभा र राष्ट्रिय सभा अलग त होला, तर फरक छैन भन्ने हामीले अनुभुत गरिरहेका छौं ।’

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भइराखेको छ ।

यो सन्दर्भमा उनले अलग सदन भए पनि फरक नरहेको अनुभूत गरेको बताएकी हुन् ।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै सांसदहरूले राष्ट्रिय सभाको बैठक समेत चल्न दिएका छैनन् ।

सांसद देवकोटाले पनि प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?