News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी जेठ २६ गतेसम्मका लागि स्थगित भएको छ ।
- प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन् ।
- विपक्षी दलहरूले प्रधानमन्त्री शाहले आफ्नो सो अभिव्यक्तिप्रति माफी नमागेसम्म संसद् चल्न नदिने निर्णय गरेका छन् ।
२० जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
बुधबार बसेको बैठक विपक्षी दलहरुको अवरोधपछि कार्यसूचिमा नै प्रवेश नगरी स्थगित भएको हो ।
अर्काे बैठक जेठ २६ गते मंगलबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा नेपालले भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि संसदका दुबै सदन प्रभावित हुँदै आएका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्री शाहले माफी नमागेसम्म संसद चल्न नदिने निर्णय गरेका छन् ।
प्रतिनिधिसभा बैठक पनि निरन्तर अवरोध हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4