News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश मनोजकुमार शर्माले पूर्वप्रधानन्यायाधीशहरूका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई सबल बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
- उनले अदालती विवाद समाधानलाई अन्तिम विकल्पका रूपमा विकास गर्न बार एशोसिएसनको सक्रिय भूमिका आवश्यक रहेको औंल्याए ।
- न्याय प्रशासनलाई छिटो, छरितो र निष्पक्ष बनाएर मात्र आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा उनले व्यक्त गरे ।
२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएकी छन् ।
सवोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन् ।
अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए ।
संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनको भनाइ छ ।
प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र थप जनउत्तरदायी बनाउन सके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा राखे ।
उहाले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वनात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए ।
प्रतिक्रिया 4