+
+
Shares

कांग्रेसले खोस्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको वडाका सभापतिको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १४:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै कैलालीको लम्कीचुहा वडा नम्बर १ का सभापति प्रयागराज खनाललाई जिम्मेवारीबाट हटाएको छ ।
  • जिम्मेवारी खोसिएका वडा सभापति खनाल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव समेत हुन् ।
  • नेपाली कांग्रेसले सदस्यता अद्यावधिक गर्ने कार्यका लागि कृष्णप्रसाद रिमाललाई वडाको नयाँ जिम्मेवारी तोकेको छ ।

२१ जेठ, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ ।

कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको हो ।

वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् ।

क्रियाशील सदस्यता अद्यावधिकको कार्य गराउन हाल  कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ ।

वैशाख १ गतेदेखि सुरु गरिएको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अन्तिम दिन आजका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?