News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बा : एक योद्धा’ चलचित्रले सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापा लगायतका नयाँ कलाकारहरू सार्वजनिक गरेको छ ।
- संगीतकार हरि लम्सालको निर्देशनमा बनेको यो चलचित्र कुशे औंसीको अवसर पारेर आगामी १९ भदौबाट प्रदर्शनमा आउने भएको छ ।
- वसन्त लम्साल निर्मित यस चलचित्रले सन्तानको समृद्धिका लागि बुबाले गर्ने योगदानको कथा प्रस्तुत गरेको छ ।
काठमाडौं । प्रदर्शनअघि फिल्म ‘बा : एक योद्धा’ले कलाकार सार्वजनिक गरेको छ । छायांकन सम्पन्न भैसकेको यो फिल्मको अहिले धमाधम सम्पादन कार्य चलिरहेको छ ।
यसअघि शीर्ष कलाकार झरना थापा, सुहाना थापा र दिब्यदेव पन्तलाई सार्वजनिक गरिएको छ । अन्य कलाकारलाई त्यतिबेला गोप्य राखिएको थियो ।
अहिले भने नयाँ कलाकार चिनाइएको छ, जसमा सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शवि थापा छन् । खनालले यसअघि क्राइम थ्रीलर ‘११ः५५’, शिवाकोटीले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’बाट प्रशंसा बटुलेका छन् ।
संगीतकार समेत रहेका हरि लम्सालले यो फिल्मबाट निर्देशकीय डेब्यू गरेका हुन् । कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा १९ भदौबाट यो फिल्म प्रदर्शनमा आउने जनाइएको छ ।
यो फिल्मको कथावस्तु पनि सन्तानको भविष्य र समृद्धिको लागि बुवाले गर्ने योगदानको कथामा फिल्म आधारित छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता वसन्त लम्साल हुन् । निर्माता लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर ‘कर्मा’ निर्माण गरेका थिए ।

प्रतिक्रिया 4