+
+
Shares

रोमानिया पठाउने भन्दै ठगी : म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा मोरङबाट म्यानपावर सञ्चालक उद्धव पाठक र सहयोगी अभि भण्डारी पक्राउ परेका छन् ।
  • आरोपितहरूविरुद्ध हालसम्म ९२ जनाले करिब साढे ३ करोड रुपैयाँ बिगो दाबीसहित इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दिएका छन् ।
  • प्रहरीले पक्राउ परेका दुवैजना विरुद्ध अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान शुरू गरेको छ ।

२१ जेठ, विराटनगर । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठक र रतुवामाई ९ का २५ वर्षीय अभि भण्डारी पक्राउ परेका हुन् ।

भण्डारी रतुवामाई–८ दाम्राभिट्टामा पाठकले सञ्चालन गरेको के एस ए नामक म्यानपावरका लेखापाल र एजेन्ट हुन् । ठगीको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल जानकारी दिए ।

सोमबार साँझ पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । उनीहरुविरुद्ध उजुरी आउने क्रम जारी रहेकाे प्रहरीले जनाएकाे छ । बुधबारसम्म ९२् जनाले करिब साढे ३ करोड बिगोदाबीसहित इलाका प्रहरी कार्यालय सिजुवामा जाहेरी दिएका छन् । उजुरी आउने क्रम बढ्दाे रहेकाे प्रहरीले जनाएकाे छ ।

रतुवामाईमा म्यानपावर कम्पनी खोलेर पाठकले तीन सय बढीलाई ठगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पाठक र भण्डारीविरुद्ध ६ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु प्रहरीले जनाएकाे छ ।

पाठकले विदेश पठाउने भन्दै ४ वर्षयता पैसा लिएर मान्छे पठाएका थिएनन् । पाठकविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र काठमाडौंमा उजुरी परेको छ । रोमानियामै बस्दै आएका पाठक करिब एक महिनाअघि मात्रै नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?