News Summary
Generated by OK AI. Editorially reviewed.- जोत्दाजोत्दै थाकेको गोरुमाथि क्रुर व्यवहार गरेको आरोपमा प्युठानका ३६ वर्षीय जालिराम थापा मगर पक्राउ परेका छन्।
२१ जेठ, काठमाडौं । जोत्दाजोत्दै थाकेको गोरुमाथि क्रुर व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घटनामा संलग्न प्युठानका ३६ वर्षीय जालिराम थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन् ।
जालिरामलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको हो ।
उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यहावर गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
उनले आफ्नै खतेबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु हिड्न नसकी खेतमा बसेपछि उक्त गोरुको नाम, मुख माटोमा गाढेर दुर्यवहार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4