News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा देशको भविष्यबारे अब धेरै बोल्नु नपर्ने बताएका छन् ।
- उनले भारतीय जनता पार्टीले आफूलाई गरेको सम्मानप्रति खुसी व्यक्त गर्दै सो सम्मान प्रवासमा रहेका नेपालीहरूको भएको जिकिर गरे ।
- लामिछानेले प्रवास कमिटीको सो कार्यक्रममा बोल्दै आफूहरू देशको भविष्य कोर्ने ठाउँमा उभिएको दाबी गरे ।
२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब के हुँदैछ र देश कता जाँदैछ भनेर बोल्नु नपर्ने बेला भएको टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सबै दृश्यहरू तस्वीरबाट आफैं बोलिरहेको जिकिर गरे ।
‘आज हामी देशको भविष्य कोर्ने ठाउँमा उभिएका छौं । आज म धेरै भाषण गर्दिनँ, किनभने मैले बोल्नु भन्दा पनि तस्वीरहरूले आफैं बोलिरहेका छन्, के हुँदैछन्, कहाँ जाँदैछन् भनेर,’ उनले भने ।
उनले आफूलाई भारतीय जनता पार्टी (भाजपा) ले गरेको सम्मानप्रति खुसी व्यक्त गरे ।
‘म प्रवासमा रहेका दाजुभाइ दिदीबहिनीलाई साक्षी राखेर के भन्छु भने, अहिले भर्खरै जुन निमन्त्रणा प्राप्त भयो मैले पार्टीको सभापतिको रुपमा भाजपाको जुन सम्मान प्राप्त गरेँ, त्यो मेरो होइन तपाईंले प्राप्त गर्नुभएको सम्मान हो,’ लामिछानेले भने ।
प्रतिक्रिया 4