+
+
Shares

ठक्कर दिने मोटरसाइकल चालकलाई पक्राउ गर्न माग गर्दै सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ९:४४

२२ जेठ , जनकपुरधाम । धनुषाको जनकपुर ढल्केबर सडकअन्तर्गत लक्ष्मीनियामा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । आज बिहान ७ बजेदेखि साढे आठ बजेसम्म स्थानीयले टायरबालेर सडक अवरुद्ध गरेका हुन् ।

गत जेठ २० गते बिहान घरबाट खेततर्फ गइरहेको बेला लक्ष्मीनिया गाउँपालिका ७ कि  ६५ वर्षीय मरनी देवी महराको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।  मृतकका छोरा मुकेश महराका अनुसार आमा बिहानै खेततर्फ सडक क्रस गरेर जान लागेको बेला दुईजना सवार मोटरसाइकलले ठक्कर दिएर भागेको थियो । उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो ।

तर, अहिलेसम्म दोषी पत्ता लागेको छैन । मधेश सरकार र लक्ष्मीनिया गाउँपालिकाले धेरै स्थानमा सिसीटिभी जडान गरेपनि बिग्रेको कारण दोषी पत्ता नलागेको स्थानीयको गुनासो छ । दोषीलाई पहिचान गरी पक्राउ र क्षतिपूर्तिको माग गर्दै मृतक परिवारसहित स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?