२२ जेठ, काठमाडौं । जनअधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादवले सीमा क्षेत्रका बासिन्दाले भारतबाट ल्याउने सामानको भन्सार मूल्य पाँच हजार कायम गर्नुपर्ने बताएका छन् ।
एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार रकम लिएको भन्दै त्यसको विरोध भएको थियो । सरकारले हाल पाँच सय रुपैयाँ सम्मको समान ल्याउँदा भन्सार शुल्क नलाग्ने बनाएको छ ।
भन्सारको सीमा पाँच हजार रुपैयाँ पुर्याउनु पर्ने जनअधिकार पार्टीका अध्यक्ष यादवको भनाइ छ । उनी भन्छन्,‘पाँच सय रुपैयाँ बनाएर सरकारले मधेसका सीमा बस्ने जनतालाई फेरि ठगेको अवस्था छ । पाँच हजारसम्मको समान ल्याउँदा कर मिनाहा हुनुपर्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4