+
+
Shares

काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको होटल एभरेस्टमा भारतीय शैक्षिक संस्थामा पढ्न चाहने नेपाली विद्यार्थीका लागि दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ शुरू भएको छ ।
  • शिक्षा मन्त्रालयको स्वीकृतिमा आयोजित यस मेलामा भारतका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको छ ।
  • मेलामा विद्यार्थीले स्थलगत आवेदन दिन सक्ने र योग्यताका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर रहेको फेयर्स नेपालले जनाएको छ ।

२२ जेठ, काठमाडौं । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना भएको छ । नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा जेठ २२ र २३ गते दुई दिनसम्म एक्स्पो सञ्चालन हुने फेयर्स नेपालले जनाएको छ ।

शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको एक्स्पोमा भारतका ३० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको फेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए । एक्स्पोमा विद्यार्थीहरूले कलेजका आधिकारिक प्रतिनिधिसँग सिधै भेटघाट र अन्तरक्रिया गर्दै दुई सय भन्दा बढी स्नातक, स्नातकोत्तर तथा अन्य शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्राप्त गर्न सक्ने छन् ।

एक्स्पोको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले स्थलमै प्रत्यक्ष आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिंदै मेरिटका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसरसमेत रहेको थपलियाले बताए ।

साथै, विश्वविद्यालयहरूको शुल्क संरचना, भर्ना प्रक्रिया, तथा अध्ययनपछिको करिअर सम्भावनाबारे विस्तृत परामर्श प्रदान गरिने छ । नेपाल र भारतबिचको भौगोलिक, सांस्कृतिक तथा सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्था नेपाली विद्यार्थीहरूका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै आएका छन् । भारतमा उच्च शिक्षा हासिल गर्ने योजना बनाएका विद्यार्थी तथा अभिभावकलाई एक्स्पोमा सहभागी भई उपलब्ध अवसरको लाभ लिन आयोजकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?