+
+
Shares

सीजेपीको प्रदर्शनमा सहभागी ८० वर्षीय ज्येष्ठ नागरिक सामाजिक सञ्जालमा भाइरल

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १२:३४

२३ जेठ, काठमाडौं । दिल्लीस्थित जन्तर-मन्तरमा आज कक्रोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा एक ८० वर्षीय ज्येष्ठ नागरिक पनि सहभागी भएपछि एकाएक सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा युवा प्रदर्शनकारीहरू भेला भइरहेका बेला ती ज्येष्ठ नगारिक  पनि युवाहरूकै माझमा उभिएको भिडियो र तस्वीरहरू एक्समा भाइरल भइरहेका छन्।

युवाहरूको बाहुल्यता रहेको यस आन्दोलनमा ८० वर्षीय नागरिकको उपस्थितिले इन्टरनेट प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती वृद्धको तस्वीर सेयर गर्दै के उनी पनि जेनजी हुन् त ?’ भन्दै कौतुहलता र ठट्टा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?