+
+
Shares

परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषयमा भेटवार्ता भएको छ ।
  • भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ ।
  • भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी जयशङ्करसँग व्यापार, लगानी, ऊर्जा र कनेक्टिभिटीका विषयमा द्विपक्षीय छलफल गर्नुहुनेछ ।

२३ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाल औपचारिक भ्रमणका लागि हिजो (शुक्रबार) भारत गएका थिए । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको हो ।

भेटवार्ताका् क्रममा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ ।

उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।

नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ ।

भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?