News Summary
Generated by OK AI. Editorially reviewed.- तारकेश्वर–६ पैँयुटारमा घरायसी विवादका क्रममा फलामको रड प्रहार गरी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ परेका छन् ।
- नेपाली सेनामा कार्यरत भुजेलको शुक्रबार राति रड प्रहारबाट गम्भीर घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
- पूर्वगृहमन्त्री एवं सांसद सुधन गुरुङले बालाजु प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
२३ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।
भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच शनिबार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका छन् । उनले प्रहरीले सत्यतथ्य छानबिन गर्नका लागि आग्रह पनि गरे ।
गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।
मृतक भुजेल गोरखा निवासी हुन् । गुरुङ पनि गोरखाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।
पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए ।
विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति १०:१० बजे रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो ।
प्रतिक्रिया 4