+
+
Shares

काठमाडौंमा कोरियाली संस्कृति र खानाको ‘के–भाइब महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालस्थित गणतन्त्र कोरियाको दूतावासले कोरियाली संस्कृति, सौन्दर्य र खानाको प्रवर्द्धन गर्न काठमाडौंमा ‘के–भाइब महोत्सव’ आयोजना गरेको छ।
  • नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले यस्ता कार्यक्रमले नेपाली युवालाई विश्वव्यापी सांस्कृतिक प्रवृत्तिसँग जोडिन मद्दत गर्ने बताए।
  • कोरियाली दूतावासका अनुसार उक्त महोत्सवमा विभिन्न सांस्कृतिक गतिविधि प्रदर्शन गरिएको थियो भने २ हजार ३०० भन्दा बढी युवा सहभागी थिए।

२४ जेठ, काठमाडौं । कोरियाली संस्कृति, सौन्दर्य तथा खानाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपालस्थित गणतन्त्र कोरियाको दूतावासले शनिबार काठमाडौंको छाया सेन्टरमा ‘२०२६ के–भाइब महोत्सव : ग्लो एन्ड टेस्ट आयोजना गरेको छ।

महोत्सवमा आठ वटा चर्चित कोरियाली कस्मेटिक ब्रान्डका स्टल, काठमाडौंस्थित कोरियाली रेस्टुरेन्ट एसोसिएसनअन्तर्गतका छ वटा भोजनालयका स्टल तथा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), कोपिया सेन्टर, ईपीएस सेन्टरलगायत सरकारी संस्थाहरूको सहभागिता रहेको थियो ।

महोत्सवलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले के–ब्युटी, के–पप तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूलाई एकै मञ्चमा समेट्न पाउनु अर्थपूर्ण अवसर भएको बताए। उनले यस्ता कार्यक्रमले नेपाली युवापुस्तालाई आफ्नो पहिचान जोगाउँदै विश्वव्यापी सांस्कृतिक प्रवृत्तिसँग जोडिन मद्दत गर्ने विश्वास व्यक्त गरे।

राजदूत पार्कले नेपालमा कोरियाली संस्कृतिप्रतिको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गर्दै नेपाल र कोरियाबीच रहेका सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाइरहेको बताए।

उनले के–ब्युटी, के–पप र कोरियाली परिकारको अनुभव एकै स्थानमा उपलब्ध गराइनु महोत्सवको विशेष आकर्षण रहेको बताए।

दूतावासका अनुसार उक्त कार्यक्रम कोरियाली सरकारको ‘के–भाइब’ सांस्कृतिक सम्बन्ध विस्तार अभियानअन्तर्गत आयोजना गरिएको हो । कार्यक्रममा के–ब्युटी, के–पप, के–फुड, फोटो बुथ, कोरियाली हाजिरीजवाफ प्रतियोगिता तथा परम्परागत हानबोक पोसाक लगाउने अनुभवजस्ता गतिविधि समावेश गरिएको थियो।

नेपालमा प्रत्येक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको कोरियाली दूतावासले यस्ता गतिविधिमार्फत नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। दूतावासका अनुसार महोत्सवमा २ हजार ३०० भन्दा बढी युवाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?