News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी झापाको पहिलो अधिवेशनबाट ओमनाथ भण्डारी ३४१ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी भएका छन् ।
- अधिवेशनबाट उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भिमबहादुर कुँवर निर्वाचित भएका छन् ।
२३ जेठ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी विजयी भएका छन् ।
शनिबार सम्पन्न पहिलो जिल्ला अधिवेशनबाट भण्डारी सभापतिमा विजयी भएका हुन् । उनले ३४१ मत प्राप्त गरे । सभापतिका उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे ।
जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् ।
ढकाल २१० मतसहित विजयी हुँदा शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरे ।सचिवमा विरोध सुवेदी, सहसचिवमा भिमबहादुर कुँवर विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4