+
+
Shares

रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति बनिन् बर्दियाकी शान्ता बुढा क्षेत्री

रास्वपाको जिल्लाको मूल नेतृत्वमा निर्वाचित पहिलो महिला सभापतिमा बर्दियाकी शान्ता बुढा क्षेत्री बनेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महिला जिल्ला सभापतिमा बर्दियाकी शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् ।
  • अधिवेशनमा १५८ मत प्राप्त गरेकी क्षेत्री यसअघि बर्दिया जिल्लाको कार्यवाहक सभापति थिइन् ।
  • यसैगरी जिल्लाको उपसभापतिमा दुर्गाप्रसाद थारू, सचिवमा दीपकबहादुर बिसी र सहसचिवमा शरद तिवारी निर्वाचित भएका छन् ।

२४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्लाको मूल नेतृत्वमा निर्वाचित पहिलो महिला सभापति शान्ता बुढा क्षेत्री बनेकी छन् । बर्दियाको हिजो भएको अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरले जिल्ला सभापति चुनिएकी हुन् । कार्यवाहक सभापतिको भूमिका रहेकी बुढा क्षेत्रीले सभापति पदमा १५८ मत प्राप्त गरेकी थिइन् ।

बुढा क्षेत्रीसँग सभापतिमा प्रतिस्पर्धा गरेका अर्का उम्मेदवार उदयबहादुर खत्रीले ४६ मत ल्याए । संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि कार्यवाहक सभापतिको भूमिकामा बुढा क्षेत्री थिइन् । संस्थापक सभापति पौडलको गत साउनमा चेन्नइबाट सिंगापुर पुगेको बेला ह्दयघातबाट निधन भएको थियो ।

उपसभापति पदमा दुर्गाप्रसाद थारू निर्वाचित भएका छन् । १५२ मत प्राप्त गरेका थारुले प्रतिस्पर्धी मुकेशकुमार थारूलाई पराजित गरे । पराजित थारुले उपसभापति पदमा ३५ मत प्राप्त गरे । सचिव पदमा दीपकबहादुर बिसी, सहसचिव पदमा शरद तिवारी निर्वाचित भएका छन् ।

निर्वाचनबाट सदस्यहरुमा हेमराज सुवेदी, पदमा अर्जुन भण्डारी, अजित कुमार मल्ल, सोमबहादुर गुरुङ्ग विष्णुप्रसाद उपाध्याय, लिला पनेरु, गीता खड्का र रमेश अर्याल चयन भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?