+
+
Shares

‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओत्से गुरुङ निर्देशित फिल्म 'पेन्सन पट्टा' को बेलायत र हङकङका लागि प्रदर्शन अधिकार बिक्री भएको छ ।
  • आगामी २६ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मको अधिकार सपन इन्टरटेन्टमेन्ट र मेन ड्रागन लिमिटेडले किनेका हुन् ।
  • दयाहाङ राई र सुनिल थापा अभिनित यो फिल्म लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा आधारित छ ।

काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ तीजको अवसरमा बेलायत र हङकङमा पनि प्रदर्शन हुने भएको छ । गुरुङका अनुसार ती ठाउँमा वितरण अधिकार विक्री भैसकेको छ ।

२६ भदौमा यो फिल्म प्रदर्शन तयारीमा छ । ट्रेलर र पोस्टर सार्वजनिक नहुँदै वितरण अधिकार विक्रीले उत्साहित तुुल्याएको उनले बताए । यो फिल्मको राइट बेलायतमा सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले किनेका छन् ।

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङको अभिनय छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथावस्तु लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा छ ।

मीन कोन्मे गुरुङ (युके), भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहेको फिल्मको प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन् । सुशन प्रजापतिले छायांकन गरेको फिल्मको कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?