+
+
Shares

एस अफ एसईई सिजन ३ सम्पन्न, न्यान्सी र समीर बने विजेता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १७:१२

२४ जेठ, काठमाडौं । ‘क्याप्चर फोटोग्राफी नेपाल’को आयोजना भएको ‘एस अफ एसईई द थन्डर’–सिजन ३ सम्पन्न भएको छ । यो एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको कार्यक्रमका निर्देशक पविन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार न्यान्सी गुरुङ र समीर शर्मा सिजन ३ को विजेता भएका बनेका छन् ।

विजेता दुवै जनाले ५०–५० हजार नगद पुरस्कारका साथै थप अध्ययनका लागि नि:शुल्क छात्रवृत्ति तथा अन्य पुरस्कारहरू पाएका छन् ।

फस्ट रनरअप उपाधि अनु तामाङ र अधिराज श्रेष्ठले पाएका छन् । उनीहरूले ३०–३० हजार पुरस्कार र अन्य नगद पाएका छन् । सकेन्ड रनरअप

सेकेन्ड रनरअपले २०–२० हजार नगद पुरस्कार पाएका छन् । यो पुरस्कार सुयना महर्जन र आरोन सिम्खडाले प्राप्त गरे ।

एसीई उत्कृष्ट पुरस्कार अंशुमान बिक्रम शाहीले प्राप्त गरेका छन्  भने  अर्गनाइजर्स ज्वाइव अवार्ड  अपूर्वा भण्डारी र आभास खड्काले पाएका छन्।

शुक्रबार राष्ट्रिय नाचघरमा आयोजित समारोहमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

१४ जना छात्रा र ९ जना छात्र गरी २३ जना यस प्रतियोगितामा सहभागी भएका थिए । उनीहरूले ३७ दिने तालिम पूरा गरेका थिए । जसमा व्यक्तित्व विकास, सञ्चार कौशल, आत्मविश्वास, नेतृत्व र स्टेज प्रदर्शन आदि सीपहरू सिकाइएका थिए ।

एस अफ एसईई’ प्रतियोगिताले मोडलिङ र मनोरञ्जन उद्योगमा युवा प्रतिभाहरूलाई विकास, आत्मविश्वास निर्माण, नेतृत्व विकास, र व्यावसायिक प्रदर्शनका अवसरहरू प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?