News Summary
Generated by OK AI. Editorially reviewed.- हास्यव्यङ्ग्य कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को आगामी शृङ्खलामा प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुख्य अतिथिका रूपमा देखिने भएका छन् ।
- प्रहरीलाई समर्पित गरिएको सो विशेष शृङ्खला आगामी मङ्गलबार राति ९ बजे हिमालय टीभीबाट प्रसारण हुने निर्देशक विशाल भण्डारीले जानकारी दिए ।
- सुरक्षाको जिम्मेवारी सम्हाल्ने प्रहरीसँग हाँसो, अनुभव र रोचक संवादसहितको विशेष प्रस्तुति रहने कार्यक्रमकी अध्यक्ष दीपाश्री निरौलाले बताइन् ।
काठमाडौं । दर्शकले कमेडी नाइट विथ च्याम्पियन्सको आगामी एपिसोडमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई पाहुनाको रुपमा देख्न पाउने भएका छन् । आइजीपी कार्कीलाई मुख्य अतिथि र अन्य १०० जना प्रहरीलाई विशेष अतिथि बनाएर शोको नयाँ एपिसोड तयार भएको छ ।
दर्शकले आउँदो मंगलबार राती ९ बजे हिमालय टिभीमा यो कार्यक्रम हेर्न पाउनेछन् । निर्देशक विशाल भण्डारीका अनुसार, यो एपिसोडमा पनि दर्शकले हाँस्यव्यंग्यसहितका धेरै खुराक पाउनेछन् ।
शोले आइजीपी कार्कीसँगका फोटोहरू सार्वजनिक गर्दै अबको एपिसोड प्रहरीलाई ‘ट्रिब्यूट’ गर्दैै तयार भएको जनाएको छ । ‘यसपटकको एपिसोड प्रहरीलाई समर्पित छ’ कमेडी च्याम्पियन ४ अडिसनको लागि नेपालगञ्ज पुगेका निर्देशक भण्डारीले भने, ‘हामीले आइजीपी साबलाई पनि हल्का रोस्ट गर्दै दर्शकलाई मनोरञ्जन दिएका छौं ।’
शोकी अध्यक्ष दीपाश्री निरौलाले भनेकी छन्, ‘सुरक्षाको जिम्मेवारी सम्हाल्ने यी नायकहरूसँग हाँसो, अनुभव, प्रेरणा र रोचक संवादको विशेष प्रस्तुति । नछुटाउनुहोस, एउटा फरक र विशेष ।’



प्रतिक्रिया 4