0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

परराष्ट्रमन्त्रीको ब्रिफिङ : भारतसँग के–के भयो छलफल ?

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा गरिएको तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।
  • भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, कनेक्टिभिटी, ऊर्जा साझेदारी तथा अन्तदेशीय डिजिटल भुक्तानी सञ्चालन गर्ने लगायतका विषयमा सम्झौता तथा छलफल भएको छ ।
  • नेपाल र भारतबीच डिजिटल माध्यमबाट रेमिट्यान्स आदानप्रदान गर्न अन्तदेशीय भुक्तानी सञ्चालन गर्ने र भाषा अनुवाद प्लेटफर्म सहनिर्माण गर्ने समझदारी भएको छ ।

२४ जेठ, काठमाडौं । तीन दिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका थिए ।

भारत भ्रमणका क्रममा उनले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग हिजो भेटघाट गरेको थियो ।

उक्त भेटघाटका क्रममा भएका छलफलका विषयहरूबारे उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ ब्रिफिङ गरेका छन् ।

भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के के गरे ब्रिफिङ–

–दुवै देशका प्रतिनिधिमण्डलबीच नेपाल भारत दुईपक्षीय सम्बन्धका सम्पूर्ण पक्षमा व्यापक तथा उपलब्धिमूलक छलफल भयो ।

–वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटि, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, खेलकुद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि लगायतका विषयमा ठोस छलफल भयो ।

–दुवै पक्षमा दुईपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छौं ।

–क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदनप्रदान गरियो ।

–दुईपक्षीय परियोजना तथा सहकार्यका पहलहरूको प्रगतिको समीक्षा गर्नुको साथै तीनलाई थप प्रभावकारी बनाउने उपायबारे महत्वपूर्ण छलफल गर्‍यौं ।

–बैठकका क्रममा तीनवटा संयुक्त घोषणा

–जुन २०३० मा हस्ताक्षर गरिएको एनसीएचएल र एनपीसीआईबीचको समझदारीपत्र अन्तर्गत अन्तदेशीय भुक्तानी (पीटूपी) सञ्चालनको सहमति भएको छ । यसमार्फत नेपाल र भारतमा सहज ढंगबाट डिजिटल माध्यमबाट रेमिट्यान्स आदनप्रदान गर्न सकिन्छ ।

–भारतको विकास सहयोगमा नेपालमा भूकम्पपछि पुनर्निमाण गरिएका परियोजनाको भर्चुअल हस्तान्तरण गर्‍यौं ।

–भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, डिजिटल पब्लिक इन्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टिलिजेन्स सेन्टर र डिजिटल इन्डियाबीच भाषिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?