0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका छन् ।
  • निर्वाचनमा विजयी खत्रीले ३४७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरू मेघनाथ भुर्तेलले १९२ र हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए ।
  • १७ सदस्यीय कार्यसमितिमा प्रगतिशील प्यानलले सातमध्ये ६ पदाधिकारी र १० मध्ये आठ सदस्य जित्दै स्पष्ट बहुमत प्राप्त गरेको छ ।

२५ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित जित हासिल गरेका हुन् ।

खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीको संयुक्त समर्थन रहेको थियो ।

निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट मेघनाथ भुर्तेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट हरिबहादुर पाण्डे क्षेत्री अध्यक्ष पदका प्रत्याशी थिए ।

मतपरिणामअनुसार खत्रीले ३४७ मत प्राप्त गरे भने भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत २४१ मतसहित विजयी भएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्षमा अनिल बोगटीले ३१५, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेलले २५९, महासचिवमा हरि डाँगीले २७३, सचिवमा केदारनाथ अधिकारीले २९४ तथा कोषाध्यक्षमा धनमाया सिन्जालीले ३२३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

१७ सदस्यीय कार्यसमितिमा प्रगतिशील प्यानलको स्पष्ट बहुमत देखिएको छ । उक्त प्यानलले सात पदाधिकारीमध्ये ६ पद र १० कार्यसमिति सदस्यमध्ये आठ सदस्यमा जित निकालेको छ ।

लोकतान्त्रिक एसोसिएसनको प्यानलबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?