0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नेविसंघबाट राजनीति सुरु गरेकी सीता रास्वपा अर्घाखाँचीको सभापति निर्वाचित

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ जेठ २५ गते ८:४९

२५ जेठ, अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीको जिल्ला अध्यक्षमा सीता पराजुली निर्वाचित भएकी छिन् ।

सदरमुकाम सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले सीता सीता पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो ।

निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी भएकि हुन् । पराजुलीले ९१ र सुनारले ७८ मत प्राप्त गरे । अर्का सभापतिका उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए ।

उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेस परित्याग गरेर रास्ववा प्रवेश गरेकी थिइन् । विद्यार्थी कालमा नेविसंघबाट राजनीति सुरु गरेकी सीता महिला संघ हुँदै कांग्रेसको राजनीतिमा सक्रिय थिइन् ।

रास्वपा प्रवेश गरेपछि उनी केन्द्रीय महिला विभाग सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।

यस्तै, उपसभापतिमा सहयोगी विसी, सचिवमा चिरन पन्थी र सहसचिवमा लक्ष्मण भट्टराई निर्वाचित भएका छन् ।

सदस्यमा बाबुराम खड्का, बेदराज घिमिरे, चुरामणि ढुंगाना, पिताम्वर सेजवाल, रमा खनाल, सीता सुनार निर्वाचित भएको उपसभापति सहयोगी बिसीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?